स्वाभिमान लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति?

शुक्रबार, ०८ चैत्र २०८१, १० : २२

काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

चैत ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२३६२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात् संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुमा वितरण गरिनेछ ।

शुक्रबार, ०८ चैत्र २०८१, १० : २२

प्रतिक्रिया