काठमाडौं - माछापुच्छ्रे बैंक कोष प्रवर्द्धक रहेको र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु पूर्णरुपमा बिक्री भएका छन्।
२०८१ फागुन २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको यस फण्डको आवेदन बन्द हुने अन्तिम मिति २०८१ चैत ७ गतेसम्म तोकिएको थियो। आवेदन बन्द हुने दिनको कार्यालय समय समाप्त हुनुअघि नै फण्डका सबै इकाइहरु बिक्री भएका हुन्।एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित यो १२ वर्षे बन्दमुखी प्रकृतिको इक्विटी फण्डको प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँ कायम गरिएको थियो।
कुल एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याइएको यस फण्डले बीज पूँजीको १५ प्रतिशत इकाइमध्ये १४ प्रतिशत (एक करोड ६८ लाख इकाइ) कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत (१२ लाख इकाइ)योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरी बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
प्रतिक्रिया