नेपाल आयल निगमद्वारा लाभांश घोषणा, चैत २९ गते बोलायो साधारण सभा

शनिबार, ०९ चैत्र २०८१, १० : ०३

काठमाडौं- नेपाल आयल निगमले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न चैत २९ गते साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा अपराह्न १ बजे सुरु हुनेछ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान विवरण तथा नगद प्रवाह प्रतिवेदनमाथि छलफल हुनेछ।

शनिबार, ०९ चैत्र २०८१, १० : ०३

प्रतिक्रिया