चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवाको गोसाइँकुण्डमा हुने

शनिबार, ०९ चैत्र २०८१, ११ : १२

काठमाडौं- नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण  गोसाईकुण्ड गाउँपालिका रसुवामा हुने भएको छ। 
यस पटकको महोत्सव वैशाख ४ देखि ६ गते सम्म हुनेछ । 

पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यले सेलिब्रेटी नेपालको आयोजनामा महोत्सव हुन लागेको हो । 

महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ। महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका फिल्महरूलाई समावेश गरिनेछ।

जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने बताईएको छ।

पहिलो संस्करण गोरखाको लाप्राकमा आयोजना गरिएको नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेस्रो रामेछापमा भएको थियो।

शनिबार, ०९ चैत्र २०८१, ११ : १२

प्रतिक्रिया