प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

शनिबार, ०९ चैत्र २०८१, १२ : २०

काठमाडौं- खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए । 

छावाको नामकरण बाह्रौँ दिनमा गरिने जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती रहेको बताए । हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् । 

तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरू भाले हुन् । -रासस

शनिबार, ०९ चैत्र २०८१, १२ : २०

प्रतिक्रिया