काठमाडौं - नेष्डो लघुवित्तको वार्षिक साधारण सभा आज हुँदैछ। नेष्डो लघुवित्तको वार्षिक साधारण सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११:३० बजे सुरु हुनेछ।
यस सभा मार्फत कम्पनीले १४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश सहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजीमा वृद्धि हुने भएपछि प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा राखिने छ।
त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायतका विवरणमा छलफल गरी पारित गर्ने छ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने एजेन्डा पनि रहेको छ। कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ, त्यसैले फागुन २७ गतेसम्म कायम रहने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
प्रतिक्रिया