काठमाडौं - सिनामंगलस्थित हार्दिक आईभीएफ सेन्टरले आउँदो नयाँ वर्ष २०८२ को अवसर पारेर आजदेखि नि शुल्क आईयुआई सेवा सुरु गरेको छ । सेवा वैशाख ३१ सम्म सञ्चालन हुनेछ ।
आईयुआई सेवा लिन चाहनेले ०१५९१७९८२ वा ९८०२३५२८११\९७०९१३९१८० मा फोन गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको सेन्टरले जनाएको छ । अग्रिम नाम दर्ता गराउनेलाई मात्र यो निःशुल्क सेवा उपलब्ध गराइने सेन्टरको भनाइ छ ।
आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट वञ्चित दम्पतीलाई लक्षित गरी निःशुल्क आईयुआई सेवा गर्न लागिएको बताइएको छ । बाँझोपनको उपचारबारे जनचेतना फैलाउनु र निःसन्तान दम्पतीका सामाजिक र मानसिक समस्यासमेत निराकरण गरी आशाका किरण जगाउन यो अभियान सुरु गरेको सेन्टरले जनाएको छ ।
बाँझोपनको उपचारका लागि आईयूआई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) प्रभावकारी उपचार पद्धति हो । यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकीटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहन्छ ।
पुरुषमा शुक्रकीटको संख्यामा कमी भएमा वा कमजोरी भएमा अस्पष्ट बाँझोपनको समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आईयुआई उपचार पद्धति प्रभावकारी मानिन्छ ।
नेपालमा आईयुआइ उपचारको औसत खर्च १५ देखि २० हजारसम्म पर्ने भए पनि सेन्टर सिनामंगलले नि:शुल्क गर्नेछ । आईयुआई उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म रहने विश्वास गरिन्छ ।
प्रतिक्रिया