चलचित्र ‘डोरी’ को १० क्यारेक्टर पोस्टर सार्वजनिक

आइतबार, १० चैत्र २०८१, १२ : ४६

काठमाडौं- यही चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’को १० वटा ‘क्यारेक्टर पोस्टर’हरू सार्वजनिक गरिएको छ । 

सार्वजनिक पोस्टरहरूमा ‘खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा’ राखिएको छ ।

छुट्टाछुट्टै पोस्टरमा कलाकारहरू अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्‌देल र कविता आले रहेका छन् । कलाकार वीरेन्द्र सिंह कुशवहाको क्यारेक्टर पोस्टर यसअघि सार्वजनिक भइसकेको छ ।

केही दिनअघि ट्रेलर सार्वजनिक गरिएको चलचित्रको ‘चुच्चे ढुङ्गो’ शीर्षकको गीत पनि सार्वजनिक भईसकेको छ ।  

‘डोरी’को लेखन तथा निर्देशन चलचित्रमा प्रमुख भूमिका निभाएका अरुण लामाले गरेका हुन् । चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । 

चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।

आइतबार, १० चैत्र २०८१, १२ : ४६

प्रतिक्रिया