नेप्सेमा ५३.०४ अंकको गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

आइतबार, १० चैत्र २०८१, १५ : १७

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०४ अंकले घटेर २६१६.२६ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । 

यस दिन मिथिला लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सयपत्री हाइड्रोपावरको ७.३४ प्रतिशत, उपकार लघुवित्तको ६.८७ प्रतिशत, अपर सोलु हाइड्रोको ६.८३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
Capture-10

ajako

सर्वाधिक कारोबार हुने कम्पनी 

यस दिन सबैभन्दा बढी नेपाल हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ६ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड ९९ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड ८२ लाख ७२ हजार रुपैंया, युनाइटेड मोदी हाइड्रोपावरको २० करोड ४५ लाख १३ हजार रुपैयाँ, सिन्धु विकास बैंकको १९ करोड ४९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।

Captu

आइतबार, १० चैत्र २०८१, १५ : १७

प्रतिक्रिया