७४ हजार रुपैयाँमा बिक्यो कुखुराको एउटा अण्डा

आइतबार, १० चैत्र २०८१, १६ : ४७

काठमाडौं - इङ्ग्ल्याण्डमा एउटै अण्डा ७४ हजार ६२१ रुपैयाँमा बिक्री भएको छ । उक्त अण्डा लिलाम बढाबढमा बिक्री भएको हो ।

एलिसन ग्रीन नाम गरेका कारोबारीले उक्त अण्डा लिलाम बिक्रीका लागि राखेका थिए । उनलाई उक्त अण्डा अनौठो लाग्यो । अण्डा अनौठो लाग्दो नै थियो । किनकि, यो सामान्य अण्डाभन्दा फरक आकृतिको थियो ।

सामान्यता अण्डा गोलो आकारको हुँदैन । तर, उनले गोलाकार भएको अण्डा फेला पारेका थिए । यस प्रकारको अण्डा अरबौँमा मुस्किलले एउटा फेला पर्ने बताइन्छ । ग्रीनले उक्त अण्डाको लिलाम बिक्रीबाट प्राप्त भएको रकम एउटा परोपकारी संस्थालाई दिएका छन् । उक्त संस्थाले यौन हिंसा र दुर्व्यवहार पीडितका लागि काम गर्दै आएको छ । एजेन्सी 
 

आइतबार, १० चैत्र २०८१, १६ : ४७

प्रतिक्रिया