कुलिङ पिरियडमा चलखेल : सभापति खतिवडाको राजीनामा माग, छानबिन समिति गठन हुने

मंगलबार, १७ असार २०८२, १२ : ५९

काठमाडौं– निजामती सेवा विधेयकको कुलिङ पिरियडमा कायम व्यवस्थामा चलखेल गरिएको विषयमा सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्। 

उनकै मिलेमतोमा यसरी सांसदलाई समेत झुक्याएर उच्च प्रशासकको हकमा कुलिङ पिरियड लागू नहुने गरी शब्द थपिएको आरोप लागेको छ । 

यस विषयमा सभामुख देवराज घिमिरे र राज्य व्यवस्था समितिका सांसदहरूबिच मंगलबार बिहान छलफल भएको छ । जसमा सांसदहरूले गम्भीर आपत्ति जनाउँदै छानबिनको माग गरेका हुन् । सभामुख घिमिरेले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 
मंगलबार, १७ असार २०८२, १२ : ५९

प्रतिक्रिया