ओम मेगाश्रीको आइपीओ भोलि बाँडफाँट हुने

सोमबार, ११ चैत्र २०८१, ११ : ०२

काठमाडौं - ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भोलि बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार, आइपीओ बाँडफाँट कार्यक्रम बिहान ९ बजेबाट प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न हुनेछ।

ओम मेगाश्री फर्मास्युटिकल्सले आफ्नो जारी पुँजीको ३० प्रतिशतको १८ लाख कित्ता शेयर बिक्रीको लागि सार्वजनिक गरेको थियो। यो शेयर बिक्री फागुन २७ देखि चैत ३ गतेसम्म खुला गरिएको थियो। कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत, अर्थात १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको थियो।

त्यसपछि, कम्पनीले ५४ हजार कित्ता कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो। दोस्रो चरणमा, १४ लाख ७६ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

सीडीएससीका अनुसार, आइपीओको अन्तिम दिनसम्म १८ लाख ८८ हजार ८३६ आवेदकबाट २ करोड ३६ लाख ९१ हजार ५१० कित्ता शेयरका लागि आवेदन परेको छ, जुन मागभन्दा १६.०५ गुणा बढी हो। यस अत्यधिक मागका कारण, यो आइपीओ गोला प्रथाबाट बाँडफाँट हुने छ। गोला प्रथामा १ लाख ४७ हजार ६०० भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।
 

सोमबार, ११ चैत्र २०८१, ११ : ०२

प्रतिक्रिया