प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

सोमबार, ११ चैत्र २०८१, ११ : १४

काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ४.२३ अंकले घटेको छ ।  

यससँगै सूचक २६१०.४५ विन्दुमा पुगेको छ । सोमबार प्रि ओपन सेसनमा ३३ कम्पनीको ११ सय सय ६३ कित्ता सेयर कारोबार भएको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३९ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा २३ वटा भाउ घटेको छ ।

सोमबार, ११ चैत्र २०८१, ११ : १४

प्रतिक्रिया