काठमाडौं - वीरगन्ज उद्योग वाणिज्य संघको ४९औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा हरि गौतम निर्विरोध चयन भएका छन्।
संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा माधव राजपाल चयन भएका छन् भने द्वितीय उपाध्यक्षको जिम्मेवारी मनोज दासले सम्हाल्ने भएका छन्। महासचिव पदमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा, सचिवहरूमा प्रेमचन्द्र गोयल र सुशान्त चाचान तथा सह कोषाध्यक्षमा निरज अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।
यस पटकको अधिवेशनमा अधिकांश पदाधिकारी सर्वसम्मत रूपमा चयन भए पनि सहसचिव पदका लागि निर्वाचन भएको थियो। सो निर्वाचनबाट अनुप अग्रवाल सहसचिव पदमा विजयी भएका छन्।
प्रतिक्रिया