नेप्सेमा २६.१० अंकको वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार

सोमबार, ११ चैत्र २०८१, १५ : ११

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१० अंकले बढेर २६४०.७८ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको  ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा सबै उपसूचक हरियाली भएको छ । 

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.२९ प्रतिशतले बढेको हो । त्यसैगरी, पोखरा फाइनान्सको ७.४७ प्रतिशत, समृद्धि फाइनान्सको ६.३० प्रतिशत, श्वेतगगा हाइड्रोपावरको ५.६४ प्रतिशत, रिलायन्स फाइनान्सको ५.२२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

sdf

wr

सर्वाधिक कारोबार हुने कम्पनी 

यस दिन सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको  ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सीईडीबि होल्डिङ्सको १५ करोड २९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन नेपाल रि इन्स्योरेन्सको १२ करोड ९६ लाख रुपैयाँ, गार्डियन माइक्रो इन्स्योरेन्सको १२ करोड ४४ लाख रुपैयाँ, सिन्धु विकास बैंकको ११ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो ।

dsg
 

सोमबार, ११ चैत्र २०८१, १५ : ११

प्रतिक्रिया