फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक

सोमबार, ११ चैत्र २०८१, १५ : ५७

काठमाडौं - बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक गरिएको छ । 

इदको छेको पारेर आगामी आइतबार ९३० मार्च० बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर एक्सन, लभ, रोमान्स, थ्रिल र कमेडीले भरिएको छ । साढे तीन मिनेट लामो ट्रेलरमा सलमानलाई गरिबको मसिहाको रूपमा प्रस्तुत गरिएको छ । 

‘सिकन्दर’ मा सलमानको जोडी रश्मिकासँग बाँधिएको छ भने मुख्य भिलेनमा ‘बाहुबली’ का ‘कटप्पा’ अर्थात् सत्यराज छन् । प्रतीक बब्बर, काजल अग्रवाल, अन्जिनी धवन र शरमन जोशीको पनि अभिनय फिल्ममा देख्न सकिन्छ । 

‘गजनी’ निर्देशक एआर मुरुदासले निर्देशन गरेको फिल्म साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । ‘सिकन्दर’ ले प्रदर्शन अगावै लगभग ८० प्रतिशत लगानी सुरक्षित गरिसकेको छ । फिल्मले बक्स अफिसमा पनि आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । 

 

सोमबार, ११ चैत्र २०८१, १५ : ५७

प्रतिक्रिया