काठमाडौं - हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र कम्पनीको कानुन विभागमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ।
साथै, तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि लिखित प्रस्ताव नआएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
प्रतिक्रिया