कुलमानको बर्खास्ती सरकारको लागि निकै महंगो पर्ने दाबी

मंगलबार, १२ चैत्र २०८१, १० : ४३

काठमाडौं - सरकारलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती ज्यादै महंगो पर्ने देखिएको छ । सत्तारुढ दलकै नेताहरु कुलमान माथिको कारबाही बेमौसमको बाजा भएको भन्दै आलोचना गरेका छन् । राजावादीहरु व्यवस्थाकै विरुद्ध क्रियाशील भैरहेकोबेला कुलमान प्रकरणले आगोमा घिउ थप्ने भन्दै उनीहरुले सरकार अनावश्यक विवादमा मुछिएको बताएका छन् । यस्तो धारणा व्यक्त गर्नेमा कांग्रेस नेता डा. शेखर कोइराला, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा लगायत छन् । 

घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। काठमाडौ.मा मात्र नभएर देशभरि नै कडा प्रतिक्रिया व्यक्त भएको छ । कतिपय मानिसहरुले सरकार मात्र हैन यो घटना व्यवस्थाकै लागि पनि ठूलो संकट बनेर जाने बताइरहेका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस घटनाप्रति कडा आपत्ति जनाएका छन् ।  


मंगलबार बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेको हो। 

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ। 
कुलमानलाइृ बर्खास्त गरेको समाचार सार्वजनिक भए लगत्तै सर्वसाधारणले सरकारको बिरोधमा रोष प्रकट गर्न थालेका हुन । 


 

मंगलबार, १२ चैत्र २०८१, १० : ४३

प्रतिक्रिया