काठमाडौं - चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले २०२४ का लागि आफ्नो वार्षिक आम्दानीको घोषणा गरेको छ । कम्पनीले दिएको जानकारीका अनुसार, कम्पनीले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लालाई उछिनेको छ ।
कम्पनीले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लालाई उछिनेको छ । २०२४ मा कम्पनीको विक्री ७ खर्ब ७७ अर्ब युआन ९१ खर्ब ७ अर्ब अमेरिकी डलर० रहेको छ । यो अघिल्लो वर्षको भन्दा २९ प्रतिशत धेरै हो ।
सोही अवधिमा टेस्लाको कूल आम्दानी ९७ अर्ब ७० करोड डलर थियो । बीवाईडीले टेस्लाको मोडल थ्रीलाई टक्कर दिन न्यून मूल्यका कार लन्च गरेको थियो । चीनको विद्युतीय कार बजारमा लामो समयदेखि टेस्लाको वचर्श्व थियो । तर गएको वर्ष कम्पनीको उक्त वर्चस्वलाई बीवाईडीले तोडेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध र सरकारी निकायको अगुवाइको जिम्मा पाएपछि विश्वभरबाट नै मस्कले नकारात्मक टिप्पणी खेपिरहेका छन् । २०२४ मा बीवाईडीले विश्व बजारमा १७ लाख ९० हजार थान कार बेचेको छ ।
सोही अवधिमा टेस्लाको विक्री १७ लाख ६० हजार थान थियो । आइतबार बीवाईडीले टेस्लालाई टक्कर दिन नयाँ कार लन्च गरेको छ ।
प्रतिक्रिया