काठमाडौं - वरिष्ठ लोकदोहोरी गायक रामप्रसाद खनालको नयाँ गीत ‘पानी लिन जाँदा खेरी’ रिलिज गरिएको छ ।
गीतमा खनालकै शब्द छ भने स्वरमा उनलाई शान्ति श्री परियारले साथ दिएकी छन् । गीतमा संगीत तथा एरेन्ज कमल सौरागको रहेको छ । गीतको भिडियोमा कलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता गजित विष्टको अभिनय छ ।
भिडियोमा गायक खनालको पनि अभिनय देख्न सकिन्छ । सुरेन्द्र बसेलको निर्देशन रहेको राकेश दाहालले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया