४० वटा सवारी साधन प्रदूषण परीक्षणमा ३० वटा फेल

मंगलबार, १२ चैत्र २०८१, १५ : ५६

काठमाडौं - काठमाडौं महानगरपालिका, महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त तत्त्वाधनमा आज महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको प्रदूषण परीक्षण गरिएको छ ।

त्यस्तै, आज ४० वटा सवारी साधनको प्रदूषण परीक्षण  जाँच गर्दा ३० वटा सवारी साधन फेल भेटिएका हुन्, भने १० वटा सवारी साधन ठिक हालतमा रहेको काठमाडौं महानगर प्रहरीले जनाएको छ । 

प्रहरीले फेल भएका २८ वटा सवारी साधनलाई रु. ५००\-का दरले जरिवाना गरिएको छ भने २ वटा सवारी साधनलाई महानगर प्रहरी बलको कार्यालय ल्याई रु. १०००\-का दरले जरिवाना गरिएको छ।

 

मंगलबार, १२ चैत्र २०८१, १५ : ५६

प्रतिक्रिया