उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने तयारी

६ बर्ष अगाडि


सोल– उत्तर र दक्षिण कोरियाबीच गतहप्ता भएको सहमति बमोजिम उत्तर कोरियाले आफ्नो देशभित्र हुदै आएको आणविक कार्यक्रम रोक्ने भएको छ । 

उत्तर कोरियाली अधिकारीहरुले आणविक उत्पादन र जथाभावी परीक्षणको कार्यक्रम रोक्ने तयारी गरिरहेको जानकारी एकजना उत्तर कोरियाली अधिकारीले दिएका छन् । 

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको समाचार आएको छ । यस समाचारपछि उत्तर कोरियालाई पनि आणविक कार्यक्रम रोक्ने दवाव परेको हुनुपर्ने दक्षिण कोरियाली एक अधिकारीले बताए । 

ती अधिकारीले भने– दुई कोरियाबीचको उक्त शान्ति सम्झौताको कार्यान्वयनको काम दक्षिण कोरियाले सुरु गरिसकेकोले अब छिट्टै उत्तरले पनि सो कार्य गर्नुपर्दछ । 

गत शुक्रबार भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनबीचको वार्ताका क्रममा पनि उत्तर कोरियाली नेता उनले आणविक कार्यक्रम रोक्ने जानकारी दिनुभएको थियो । 

उत्तर कोरियाली नेता उनले मे महिनामा आणविक कार्यक्रम रोकिने र यस कार्यक्रमको पर्यवेक्षणका लागि अमेरिकी विज्ञलाई समेत आमन्त्रण गरिने बताउनुभएको थियो । 

उत्तर कोरियाली एक अधिकारीले भने– आणविक कार्यक्रम रोक्ने बारेमा तयारी भइरहेको छ र केही दिनमा यस विषयमा सार्वजनिक रुपमा नै जानकारी गराइने छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया