गायिका रचनाको गीत‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक

बुधबार, १३ चैत्र २०८१, ११ : ०६

काठमाडौं - गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक भएको छ ।

सिएल शर्माका शब्द, गायक श्रेष्ठकै संगीत रहेको गीतमा याकुब तामाङको एरेन्ज छ । गीतको भिडियोमा प्रविन डिसी र समीक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा भिडियोमा समेटिएको छ ।

जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोमा कालिन्चोकका विभिन्न स्थानमा छायांकन गरिएको हो । भिडियोमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन, मिन रावलको सम्पादन छ । 
 

बुधबार, १३ चैत्र २०८१, ११ : ०६

प्रतिक्रिया