काठमाडौं - साताको चौथो काराबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.५५ अंकले घटेको छ ।
यससँगै सूचक २५८०.१८ विन्दुमा आएको छ । बुधबार ९ लाख ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको १८ सय १८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा २० वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिक्रिया