प्रतिनिधिसभा बैठकमा कुलमानको पक्षमा उत्रिए विपक्षी दल

बुधबार, १३ चैत्र २०८१, १२ : ०२

काठमाडौं- विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती विरुद्ध विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलका सांसदहरु उठेर अवरोध गरेपछि केही समय बैठक अवरुद्ध भएको थियो ।

विपक्षी दलको अवरोध पछि सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद शक्ति बस्नेतलाई बोल्न समय दिएका थिए । सांसद बस्नेतले जनताको आशा गुमाउन सरकारले बहुमतको बलमा कुलमान हटाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले दुई तिहाईको सरकारले एक कर्मचारीको मानमर्दन गरेको बताए । 

बुधबार, १३ चैत्र २०८१, १२ : ०२

प्रतिक्रिया