काठमाडौं - साताको चौथो कारोबार दिन नेप्से ३९.१३अंकले बढेर २६२१.८६ को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।आज बजारमा वृद्धि आउँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन राप्ती हाइड्रोको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.७४ प्रतिशतले बढेको छ । त्यसैगरी, बुद्ध भूमि नेपाल हाइड्रोपावरको ५.५५ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.३३ प्रतिशत, युनायटेड इदी मादी हाइड्रोपावरको ५.१७ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कुन कम्पनीको कति भयो कारोबार ?
यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ८६ लाख ७८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ३१ करोड ६३ लाख २६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २२ करोड ९८ लाख ७९ हजार रुपैंया, नारायणी डेभलपमेन्ट बैंकको ११ करोड ६२ लाख ८३ हजार रुपैयाँ, यूनाइटेड मोदी हाइड्रोपावरको १० करोड ६६ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया