मेरो माइक्रोफाइनान्सको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

विहीबार, १४ चैत्र २०८१, १० : ०७

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिसकेको छ।

लघुवित्तले माघ १० गतेको १२औं साधारण सभामा १४.२५ प्रतिशत बोनस सेयर पारित गरेको थियो। उक्त बोनस सेयर पुस १९ गतेसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा जम्मा गराइएको हो।

लघुवित्तका अनुसार, हालसम्म पनि सेयरधनीहरूले डिम्याट खाता नखोलेका भए, खाता खोलिसकेपछि मात्रै बोनस सेयर जम्मा हुनेछ। लघुवित्तले सेयर प्रमाणपत्र अभौतिक करण नगरेका सेयरधनीलाई अभौतिक करण गर्न आग्रह गरेको छ। सेयर अभौतिक करण गरेपछि मात्र लाभांश सेयरधनीको हितग्राही खातामा पठाइनेछ।

क्यापिटलले गत पुस १९ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ । सो मितिपश्चात अभौतिकीकरण गराएकाको हकमा भने क्रमशः जम्मा गरिने जनाइएको छ ।  

विहीबार, १४ चैत्र २०८१, १० : ०७

प्रतिक्रिया