पत्रकारलाई बदनाम गर्नेलाई पत्रकार महासंघ रौतहटले कानुनी कारबाही गर्ने

विहीबार, १४ चैत्र २०८१, १० : ०५

काठमाडौं- समाजिक संजालमा पत्रकारहरुलाइ सामुहिक बदनाम गराउने जोकोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ ।

महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै केही समय देखि समाजिक संजालमा रौतहटका सञ्चारकर्मी पत्रकारहरुलाइ सामुहिक रूपमामा बदनाम गर्ने गरि केही व्यक्तिहरुले अशिष्ट भाषाको प्रयोग गरि तथानाम लेख्ने गरेको प्रती हाम्रो ध्यानाकर्षण भएको जनाएको हो ।

जारी विज्ञप्तिमा कुनै व्यक्ति वा पात्र संगको वैचारिक मतभेद वा रिसिविलाई लिएर सिङ्गो सन्चरकर्मिहरुलाई बदनाम गर्ने काम हुनुहुदैन र कोहि कसैले बदमासी गरेको भए सो व्यक्तिको नाम किटानी गरि सम्बन्धित निकायामा उजुरी गर्नुको साटो सम्पुर्ण पत्रकारलाई आरोप लगाउनु निन्दनीय रहेको भन्दै यस्तो गर्नेलाई कानुनी कार्वाही गर्ने उल्लेख गरिएको छ ।

समाजिक संजालमा बिना प्रमाण पत्रकारहरुलाई आरोप लगाउने, बदनाम गराउने अपशब्द प्रयोग गरि गालिगलौज गर्ने कार्य भएमा सोको विरुद्ध हामी कानुनी कार्यवाहीमा जाने बाध्य हुने भन्दै त्यस्ता किसिमको घटनाहरुको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै समाजिक संजालमा निगरानी बढाउन आग्रह गरेको छ । साथै सञ्चारकर्मीहरुलाई कार्यक्षेत्रमा नेपाल पत्रकार महासंघले तोकेको पत्रकार अचार संहिताभित्र रहेर आफ्नो जिम्मेवारी र दायित्व बमोजिम काम गर्न समेत आग्रह गरेको हो ।

त्यस्तै, नेपाल पत्रकार महासंघ रौतहट शाखाको बैठकले सहसचिव दिनेश यादव संगमलाई सूचना अधिकारीको रूपमा नियुक्त गरिएको अध्यक्ष सन्जय कुमार कार्किले जानकारी गराए ।

image.png

विहीबार, १४ चैत्र २०८१, १० : ०५

प्रतिक्रिया