काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १३.७७५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
कम्पनीले मंसिर १४ गतेसम्म शेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई यथाशीघ्र गर्न आग्रह समेत गरेको छ। अभौतिक गरेपछि बोनस शेयर स्वतः डिम्याट खातामा जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
साथै मंसिर १४ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीको बोनस कर्जा दिने वित्तीय संस्थामा नै रोक्का गरिएको जनाएको छ।
प्रतिक्रिया