सेन्ट्रल फाइनान्सको २ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

विहीबार, १४ चैत्र २०८१, १० : ३८

काठमाडौं - सेन्ट्रल फाइनान्स लिमिटेडले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी २ हजार ५०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा एनएमबि क्यापिटल मार्केट्समा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

विहीबार, १४ चैत्र २०८१, १० : ३८

प्रतिक्रिया