सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

विहीबार, १४ चैत्र २०८१, १० : ५२

काठमाडौं - सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। 

कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।बैठकले कम्पनीको वित्तीय स्थितिलाई ध्यानमा राख्दै सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको जानकारी दिएको छ। 

साथै, उक्त निर्णय बमोजिम कम्पनीले आफ्नो वित्तीय विवरण नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेस गर्ने पनि निर्णय गरेको छ।

cent

विहीबार, १४ चैत्र २०८१, १० : ५२

प्रतिक्रिया