काठमाडौं - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १०.२५ अंकले बढेको छ ।
यससँगै सूचक २६३२.१२ विन्दुमा आएको छ । बिहीबार ३ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ७ सय ३० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । २९ कम्पनीको मूल्य बढ्दा १८ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिक्रिया