साल्ट ट्रेडिङ्गको ५८औं वार्षिक साधारण सभा भोलि बस्दै

विहीबार, १४ चैत्र २०८१, १२ : २०

काठमाडौं - साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५८औं वार्षिक साधारण सभा भोलि चैत १५ गते शुक्रवार बस्दैछ। कम्पनीको साधारण सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर सहित० वितरणको प्रस्ताव पारित गर्नेछ।  त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

सभा प्रयोजनार्थ साल्ट ट्रेडिङ्गले चैत १ गतेदेखि बुक क्लोज गरिसकेको छ। यसर्थ फागुन २८ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

विहीबार, १४ चैत्र २०८१, १२ : २०

प्रतिक्रिया