फिल्म ‘जन्ते बाख्रो’को प्रदर्शन मिति घोषणा

विहीबार, १४ चैत्र २०८१, १२ : ४८

काठमाडौं - अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्मले फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ ।
सार्वजनिक पोस्टर फिल्म प्रदर्शन मिति आगामी जेठ २३ भनिएको छ । 

सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममासौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका  निर्माता सन्तोष गौतम हुन् । 

विहीबार, १४ चैत्र २०८१, १२ : ४८

प्रतिक्रिया