नेप्सेमा ४१.६७ अंकको वृद्धि, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

विहीबार, १४ चैत्र २०८१, १५ : १२

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से  ४१.६७ अंकले बढेर २६६३.५४ को विन्दुमा कायम भएको हो ।

यस दिन  नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ९७ लाख ६१ हजार १८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २१ करोड ८७ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।आज बजारमा वृद्धि आउँदा सबै उपसूचक हरियाली भएको छ । 

यस दिन गुराँस लघुवित्त र श्रीजनशील लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । दुवै कम्पनीको सेयर मूल्य प्रतिकित्तादुवैको १० प्रतिशतले बढेका छन् । त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्सको ८.६ प्रतिशत , मानुषी लघुवित्तको ७.७८ प्रतिशत, अभियान लघुवित्तको ७.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

fgh

12

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५१ करोड १८ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको २७ करोड ७ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन एनआरएन इन्फ्रस्ट्रक्चरको २५ करोड ३३ लाख ६५ हजार रुपैंया, सिइडिबी होल्डिङको २० करोड ४९ लाख ४८ हजार रुपैयाँ, ग्रिन डेभलपमेन्ट बैंकको १८ करोड ९४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

jhk

विहीबार, १४ चैत्र २०८१, १५ : १२

प्रतिक्रिया