काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार ग्रिन डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको छ ।
नेप्सेले कम्पनीको ५.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ३४७.४५ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ४२४.९३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा आगामी आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया