काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बेष्ट फाइनान्स कम्पनी लिमिटेडको परिवर्तित सेयर संरचनालाई आज अभिलेख गरेको छ।
नेप्सेमा कम्पनीको ८९ लाख ०४ हजार २४२.३६ कित्ता सेयर मध्ये परिवर्तित पुँजी संरचना पश्चात् संस्थापक समूहतर्फ ५१.४२ प्रतिशत (४५ लाख ७८ हजार ५६१.४२ कित्ता) र सर्वसाधारण समूहतर्फ ४८.५८ (४३ लाख २५ हजार ६८०.९४ कित्ता) आजदेखि अभिलेख गरी सोही समूह अन्तर्गत कारोबार योग्य भएको छ ।
प्रतिक्रिया