नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

शुक्रबार, १५ चैत्र २०८१, १० : ०८

काठमाडौं - नेको इन्स्योरेन्स लिमिटेडले ६ लाख कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी  लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। 

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ।यसमा आज चैत १५ गतेदेखि चैत २९ गते भित्र मात्रै आवेदन दिन सकिनेछ। 

आवेदन फाराम काठमाडौंको बागदरबारस्थित जोडिए कम्प्लेक्समा रहेको बिक्री प्रबन्धकको कार्यालयमा उपलब्ध हुनेछ। कम्पनीको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।
neco-share-auction

शुक्रबार, १५ चैत्र २०८१, १० : ०८

प्रतिक्रिया