काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
सभाले कम्पनीको चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्ने भएकाले सोही आधारमा कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरिएको छ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्दै चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी निर्णय पनि टुङ्ग्याएको छ।
सभाको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २८ गते बुक क्लोज गरेको थियो। त्यसैले फागुन २७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया