तीनकुने क्षेत्रमा कर्फ्यु हट्यो, गृहमन्त्री लेखकले अनुगमन गर्दै

शनिबार, १६ चैत्र २०८१, ०८ : २६

काठमाडौं- काठमाडौं जिल्ला प्रशासनले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।

गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको त्यस क्षेत्रको अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार राजावादी र गणतन्त्रवादीहरुले राजधानीका छुट्टाटुट्टै स्थानमा प्रर्दशन गरेका थिए । तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनले उग्ररुप लिएपछि हिंसात्मक भएको थियो ।

प्रदर्शनकारीले निजी भवनमा आगजनी गरेका छन् । प्रहरीले अराजक भीडलाई नियन्त्रण गर्न गोली चलाउँदा एक जनाको निधन भएको छ भने प्रदर्शनकारीले तीनकुनेको एक भवनमा आगजनी गरेपछि त्यसमा जलेर एक जनाको निधन भएको प्रहरीले जनाएको छ ।

शनिबार, १६ चैत्र २०८१, ०८ : २६

प्रतिक्रिया