काठमाडौं- यस साता नेप्से परिसूचक ६.०१ अंकले घटेर २६६३.३० विन्दुमा पुगेको छ। गत साता २६६९.३१ विन्दुमा बन्द भएको नेप्से यो साता ६.०१ अंकले घटेर २६६३.३०विन्दु पुगेको हो। यो साता दुई कारोबार दिन घटेको नेप्से परिसूचक तीन कारोबार दिन भने सामान्य बढेको थियो।
साताको पहिलो दिन आइतबार नेप्से ५३.०४ अंकले घट्यो, सोमबार २६.१० अंकले बढ्यो, मंगलबार ५५.९० अंकले घट्यो, बुधबार ३९.१३ अंकले बढ्यो र अन्तिम कारोबार दिन बिहीबार ४१.६७ अंकले बढेको थियो।
यो साता औसतमा ५ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भयो। सोमबार ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार, मंगलबार ५ अर्ब १८ करोड ७ लाख १८ हजार र बुधबार ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै, बिहीबार अर्थात् कारोबारको अन्तिम दिन ५ अर्ब २१ करोड ८७ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भयो।
साताको पहिलो कारोबार दिन नेप्से ५३.०४ अंकले घटेर २६१६.२६ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको थियो।
साताको दोस्रो कारोबार दिन नेप्से २६.१० अंकले बढेर २६४०.७८ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको थियो।
साताको तेस्रो कारोबार दिन नेप्से ५५.९० अंकले घटेर २५८२.७३ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँको कारोबार भएको थियो।
साताको चौथो कारोबार दिन नेप्से ३९.१३अंकले बढेर २६२१.८६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो।
साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से ४१.६७ अंकले बढेर २६६३.५४ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ९७ लाख ६१ हजार १८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २१ करोड ८७ लाख ९ हजार रुपैयाँको कारोबार भएको थियो।
प्रतिक्रिया