कोटेश्वर क्षेत्रमा गृहमन्त्री लेखकले गरे अनुगमन

शनिबार, १६ चैत्र २०८१, ११ : १५

काठमाडौं- गृहमन्त्री रमेश लेखकले राजावादीहरुले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गरेका छन् ।

गृहमन्त्री लेखकसहित मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु शनिबार बिहान अनुगमनमा गएका हुन् ।

दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको समूहले शुक्रबार काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।

राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

शनिबार, १६ चैत्र २०८१, ११ : १५

प्रतिक्रिया