देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक

शनिबार, १६ चैत्र २०८१, १३ : ५१

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । 

राजावादीको शुक्रबारको अराजक र हिंस्रक गतिविधिपछि छलफल गर्न देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् । 

बैठक शनिबार दिउँसो साढे ४ बजे देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेगरी बोलाइएको छ । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै राजावादीहरुले गरेको लुटपाट र तोडफोडको भर्त्सना गरेका थिए ।

शनिबार, १६ चैत्र २०८१, १३ : ५१

प्रतिक्रिया