पूर्वराजा शाहको सुरक्षा टोली फेरियो, अब सशस्त्रका डीएसपी पाठकको नेतृत्वमा नयाँ टिम

आइतबार, १७ चैत्र २०८१, ०७ : २७

काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको सेट परिवर्तन गरिएको छ । डीएसपी जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको हो। 

सशस्त्रले डीएसपी प्रमोद पाठकको नेतृत्वमा नयाँ टिम खटाएको छ ।

भीभीआईपी सुरक्षा कार्यविधि अनुसार पूर्वराजाले सशस्त्र प्रहरी बलको पछुवा गाडीसहित  १५ जना र नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी पाउँछन् ।

आइतबार, १७ चैत्र २०८१, ०७ : २७

प्रतिक्रिया