काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले घटेको छ । यससँगै सूचक २६६१.६३ विन्दुमा पुगेको छ ।
आइतबार १ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको २० हजार ४ सय ५३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो ।
१२ कम्पनीको मूल्य बढ्दा ३६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिक्रिया