काठमाडौं - साताको पहिलो कारोबार दिन नेप्से ३२.१४ अंकले बढेर २६९५.५५ को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।आज बजारमा वृद्धि आउँदा १२ उपसूचक हरियाली भएको छ ।
यस दिन जोशी हाइड्रोपावरले सर्वाधिक कमाएको छ । कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यसैगरी, दोर्दीखोला जलविद्युतको ६.९४ प्रतिशत, कुमारी संवृद्धि योजनाको ६.३९ प्रतिशत, तेह्रथुम पावर कम्पनीको ६.२४ प्रतिशत र गुराँस लघुवित्तको ६.१९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यस दिन सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६९ करोड १९ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रि इन्स्योरेन्स कम्पनीको ४७ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै, यस दिन एनआरएन इन्फ्रस्ट्रक्चरको ३९ करोड ८६ लाख ८५ हजार रुपैयाँ, सिइडिबी होल्डिङको २४ करोड १० लाख ३४ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १७ करोड ९४ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया