काठमाडौं - गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ
उनले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतको भिडियोमा मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी), राजनराज शिवाकोटी र बालकलाकार परिना भण्डारीको अभिनय छ । बाल कलाकार परिनाको यो डेब्यु अभिनय हो ।
गीतमा आमाले सानी छोरी छोडेर वैदेशिक रोजगारीमा गए पछिको सन्दर्भलाई देखाइएको छ । गीतको भिडियोमा अमृत सुनुवारको छायांकन, निर्देशक बस्नेतकै सम्पादन छ ।
प्रतिक्रिया