काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)ले राष्ट्रिय वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन बिक्री खुला गर्न अनुमति दिएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति पाएको हो ।
बैंकले ‘आरबीबीएल डिबेन्चर’ नाम ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।
राष्ट्रिय वाणिज्य बैंकको यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
प्रतिक्रिया