सुपरमाई हाइड्रोपावरको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

सोमबार, १८ चैत्र २०८१, १० : ११

काठमाडौं - सुपरमाई हाइड्रोपवार लिमिटेडले मंसिर २८ गतेको सभाले पारित गरेको ७ प्रतिशत बोनस  बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ । 

मंसिर १७ गतेसम्म शेयर अभौतिक करण नगरेका सेयरधनीलाई यथाशीघ्र अभौतिक करण गर्न आग्रह समेत गरेको छ। तत्पश्चात् डिम्याट खातामा स्वतः बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ।

साथै, मंसिर १७ गतेसम्म शेयर धितो राखेर ऋण लिएका सेयरधनीले फुकुवा वा एनओसी लेटर पेस गरेपछि डिम्याट खातामा पठाइने कम्पनीले जनाएको छ।

सोमबार, १८ चैत्र २०८१, १० : ११

प्रतिक्रिया