फिल्म ‘खेल’ को ट्रेलर सार्वजनिक

सोमबार, १८ चैत्र २०८१, १२ : १६

काठमाडौं - आगामी वैशाख १२ गते प्रदर्शनमा आउने फिल्म  ‘खेल’को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा फिल्मका कलाकार सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा देखिएका छन् ।‘खेल’ अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मका निर्माता लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह–निर्माता कुणालराज गुरुङ र रहिशराज महर्जन हुन् । आशिषराज महर्जनले लेखेको फिल्म अभितेन्द्र र अनुराग प्रधान हुन् । 

फिल्मको छायांकन रोशन राई र सञ्जय लामाले गरेका हुन्, भने सम्पादन आशिषराज महर्जनको रहेको छ । फिल्मको वितरण डीसीएनले गर्दैछ । 
 

 

सोमबार, १८ चैत्र २०८१, १२ : १६

प्रतिक्रिया